विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ईको खेलमा कोस्टारिकाविरुद्ध जर्मनीले पुनः अग्रता लिएको छ। खेलको ८५ औं मिनेटमा जर्मनीका काइ हाभर्टेजले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाएका हुन्।
पहिलो हाफमा जर्मनीले १–० को अग्रता लिए पनि खेलको ५८ औं र ७० औं मिनेटमा गोल फर्काउँदै कोस्टारिकाले खेलमा अग्रता लिएको थियो।
तर, ७३ औं मिनेटमा जर्मनीले पुनः गोल गर्दै खेल बराबरीमा ल्याएको हो।
जर्मनीलाई माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गर्न कोस्टारिकालाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ भने जितको नतिजाले कोस्टारिका माथिल्लो चरणमा पुग्नेछ।
33
Shares
प्रतिक्रिया