विश्वकप फुटबल सुरु हुने केही अघिबाटै सामाजिक सञ्जालमा एउटा पोस्ट आयो। जहाँ लेखिएको थियो- मेस्सीले पनि यसपालि विश्वकप जित्लान्। २ वटा उदाहरण सँगै थिए - ब्राजिलियन रोनाल्डिन्हो र फ्रान्सका केलियन एम्बाप्पेको।
उनीहरुले पीएसजीमा सम्झौता गरेको अर्को वर्ष विश्वकप जितेका थिए। मेस्सीलाई पनि पीएसजीले ठीक अघिल्लो वर्ष मात्रै भित्र्याएको थियो।
२००१ मा रानाल्डिन्हो पीएसजी गएका थिए। २००२ मा ब्राजिलले छैटौंपटक विश्वकप जित्यो। २०१७ मा एम्बाप्पे पीएसजी गए। उनले पनि अर्को वर्ष २०१८ को विश्वकप जिते।
मेस्सीलाई पीएसजीले २०२१ मा सम्झौता गरेको थियो। अन्ततः उनले पनि २०२२ मा विश्वकप जितेका छन्। पीएसजी र विश्वकपमा यी तीन अनौठा संयोग बनेका छन्।
मेस्सीले पीएसजीकै स्टार एम्बाप्पेको टिम फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेका हुन्। ८ गोल गरेको एमबाप्पेले गोल्डेन बुट जिते। मेस्सीले ७ गोल गरे।
एमबाप्पेले फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट पक्का गरेका थिए। निर्धारित समय र अतिरिक्त समयमा खेल बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
Shares
प्रतिक्रिया