मंगलबार अर्जेन्टिनाको राजधानी सहर ब्युनस आयर्समा विजयउत्सव मनाउने क्रममा एकजनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तलमाथि गर्ने छानोमा उफ्रिरहेका २४ वर्षीय युवकको उक्त छानोबाट खसेर मृत्यु भएको हो।
३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारेको हो। विश्वकपको उपाधि लिएर घर फर्किएको टोली मंगलबार विजय र्यालीमा सहभागी भएको थियो। तर, अत्यधिक भिड थेग्न नसकेपछि खेलाडीहरु र्याली बीचैमा छाडेर हेलिकोप्टरबाट निस्किएका थिए।
त्यस्तै मंगलबारको विजय र्यालीको क्रममा पाँच वर्षीय बालक पनि घाइते भएका छन्। स्मारकबाट खसेको मार्बलले उनलाई लाग्दा उनी गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
मंगलबारको विजय र्यालीमा सुरक्षाकर्मी र समर्थकबीच झडप पनि भएका थिए। प्रहरीले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएको थियो।
Shares
प्रतिक्रिया