कतारमा आयोजित फिफा विश्वकपपछि लिग वानको पहिलो खेलमा स्ट्रासवर्गमाथि २–१ गोलको संघर्षपूर्ण जित हात पारेको हो।
बिहीबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको १४ औं मिनेटमा मार्किनसले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, खेलको ५१ औं मिनेटमा विपक्षी टोलीका खेलाडीले प्रहार गरेको बल पीएसजीका मार्किनसले नै राम्रोसँग बचाउन नसक्दा त्यसले गोलपोस्टको दिशा लिएको थियो।
यससँगै खेल १–१ को बराबरीमा आइपुगेको थियो। खेलको ६२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै पीएसजीका नेयमार मैदानबाहिर गएसँगै पीएसजी थप दबाबमा परेको थियो।
खेल सकिन केही समय मात्र बाँकी रहेको अवस्थामा पाएको पेनाल्टीमा पीएसजीका केलियन एम्बाप्पेले गोल गरे र टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ३७ अंक जोडेको छ।
Shares
प्रतिक्रिया