खेल


आर्सनललाई प्रिमियर लिगमा सात अंकको अग्रता

आर्सनललाई प्रिमियर लिगमा सात अंकको अग्रता

नेपालखबर
पुस १७, २०७९ आइतबार ७:१०, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले ब्रिंघटनमाथि ४–२ गोल अन्तरको जित हात पारेको छ।

शनिबारको खेलको दोस्रो मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। खेलको ३९ औं मिनेटमा मार्टिन ओडेगार्डले अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २–० ले अगाडि रहेको आर्सनलका एडी एनकेटियले ४७ औं मिनेटमा गोल गर्दै जित पक्काजस्तै गरेका थिए।

खेलको ६५ औं मिनेटमा ब्रिंघटनका लागि काओरु मिटोमाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि ७१ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्‍याएका थिए।

खेलको ७७ औं मिनेटमा बिंघटनका इभान फर्गुसनले गोल गरे। खेलमा थप गोल हुन सकेन र आर्सनलले महत्वूर्ण तीन अंक हात पार्‍यो। यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले १६ खेलबाट ४३ अंक हात पारेको छ।

आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा स्पष्ट ७ अंकले अगाडि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .