टी–२० का अफिसियल कमेन्टेटर सचिन तिमल्सिनाले लिग छाडेका छन्। सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले लिगमा नरहने घोषणा गरेका हुन्।
यसअघि नै खेलमा मिलेमतो भएको भन्दै केही खेलाडी र प्रशिक्षक बिचमा नै लिग छाडेका थिए।
लिगका अफिसियल कमेन्टेटर सचिन तिमल्सिनाले पनि नेपाल टी २० लिगमा फिक्सिङ र पारिश्रमिक नदिई आयोजक गायब भएको बाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका छन्। कतिपय विदेशी खेलाडीले खेल भावना विपरित प्रदर्शन गरेको र आफू आजको दिनदेखि लिगमा संलग्न नहुने पनि बताएका छन्।
तिमल्सिनाले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जा लगायत खेलाडीहरुको उदाहरण दिँदै सो घटना सामान्य नभएको बताएका हु्न्।
उनले लिगका अन्य क्षणबारे आफूलाई थाहा भएको र एन्टी करप्सन युनिटलाई जानकारी दिएको जानकारी दिएको समेत बताएका छन्।
Shares
प्रतिक्रिया