नेपाल टी२० लिगको एउटा टोली काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले म्याच फिक्सिङका लागि आफ्ना खेलाडीलाई पनि प्रस्ताव आएको खुलासा गरेका छन्।
मंगलबार विराटनगर सुपर किंग्सविरुद्ध जित निकालेपछि बोल्दै कप्तान मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि एप्रोच गरेको भन्दै आफूहरुले त्यसबारेमा सम्बन्धित निकायलाई जानकारी पनि गराइसकेको बताएका हुन्।
उनले भने, ‘फिक्सिङ र एप्रोच अलग कुरा हो, यो जसले पनि जसरी पनि गर्न सक्छ। अरु टिमको थाहा छैन, हाम्रो खेलाडीलाई आएको थियो, कहाँबाट प्रस्ताव आयो भन्ने कुरालाई अहिले गोप्य राख्दा नै ठीक होला।’
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा भइरहेको नेपाल टी ट्वान्टी लिगमा सुरुवातदेखि नै म्याच फिक्सिङको आशंका भइरहेको छ।
यसबारेमा कुनै ठोस प्रमाण नभेटे पनि लिगकै अफिसियल कमेन्टेटरले सामाजिक सञ्जालमार्फत लिगमा फिक्सिङ भइरहेको आरोप लगाएका छन्।
Shares
प्रतिक्रिया