नेपाल टी २० लिगको पहिलो क्वालिफायर खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्ससामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानम जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार पारेको थियो।
लुम्बिनीका लागि इसान पाण्डेले सर्वाधिक ३८ रनको योगदान दिदए। अनिल शाले २४ तथा लाहिरु मिलान्थाले १६ रन थपे। विपुल शर्मा २०, सेड्ली भान १७ रनमा पवेलियन फर्के। कप्तान दिपेन्द्र सिंह ऐरिले १० रन बनाए।
जनकपुरका असान प्रियञ्जन र सोमपाल कामीले समान २ विकेट लिए। जितेन्द्र मुखिया र त्रिभोन ग्रिफ्त र पवन सर्राफले एक एक विकेट लिए।
आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित टोलीले भने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।
Shares
प्रतिक्रिया