ad ad

खेल


साउदीमा रोनाल्डोले गरेको ‘गैरकानुनी’ काम, होला कारबाही?

साउदीमा रोनाल्डोले गरेको ‘गैरकानुनी’ काम, होला कारबाही?

फाइल फाेटाे : आफ्नी पार्टनर जर्जिना रोड्रिग्वेजसँग रोनाल्डो।


नेपालखबर
पुस २४, २०७९ आइतबार १९:१९, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासरमा अबद्ध भएको खबर यसअघि नै सार्वजनिक भइसकेको छ। 

रोनाल्डो अल नासरमा १७ करोड ७० लाख पाउन्डमा अनुबन्ध भएका हुन्। सम्झौताअनुसार उनी सन् २०२५ सम्म यो क्लबमा रहनेछन्।

साउदी प्रेस एजेन्सीका अनुसार रोनाल्डोले साउदी अरेबियासँग जोडिन पाउँदा गर्व लागेको बताएका छन्। 

तर रोनाल्डोलाई साउदी अरब सरकारले एउटा ‘अपराध’का लागि कारबाही गर्ने हो कि भन्ने आशंका जन्मिएको छ। कारण साउदी अरबको कानुनविपरीत रोनाल्डो विवाह नगरी आफ्नी पार्टनर जर्जिना रोड्रिग्वेज सँगै बस्छन्।  

साउदी कानुनअनुसार बिहे नगरी महिला र पुरुष सँगै बस्नु गैरकानुनी कार्य हो। तर फुटबल स्टार विश्वकै महँगा खेलाडीको सूचीमा परेका कारण रोनाल्डोलाई सजाय हुने सम्भावना कम रहेको  स्पेनिस समाचार एजेन्सी ईएफईले जनाएको छ। 

साउदीका एक वकिलले भनेका छन्, ‘विवाह नगरी सँगै बस्नु साउदी कानुनअनुसार अपराध हो। तर अधिकारीहरूले अहिले यस्ता घटनामा लचकता अपनाएका छन्।’ 

अर्का साउदी वकिलले साउदीको कानुनले बिहे नगरी महिला र पुरुषलाई सँग बस्ने अनुमति नदिएको बताए। तर साउदी अधिकारीहरूले विदेशीको मामिलामा हस्तक्षेप नगर्ने उनको भनाइ छ। 

नाम उल्लेख नगर्ने सर्तमा दुई जना वकिलले समाचार एजेन्सी ईएफईसँग भनेका छन्, ‘साउदी राजा सलमानले खेलकुद र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विदेशी नागरिकलाई यस्तो छुट दिन सक्छन्।’ तर साउदीकै नागरिकलाई भने यो छुट नरहेको जनाइएको छ। 

विवाह नभए पनि रोनाल्डो र जर्जिना रोड्रिग्जसँग साउदी अरबमा सँगै बस्ने विकल्प छन्। साउदी वकिलहरूका अनुसार जर्जिना अल–नासर फुटबल क्लबका तर्फबाट गैरपर्यटक भिसामा आउन सक्छिन्। अर्को विकल्प– उनले एक वर्षका लागि पर्यटक भिसा लिन सक्छिन्। पर्यटक भिसाको सहायतामा जर्जिनालाई ९० दिनसम्म साउदीमा बस्न दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .