पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियम तथा एभर्टनका पूर्वप्रशिक्षक रोबर्टो मार्टिनेज नियुक्त भएका छन्।
कतार विश्वकपमा खराब प्रर्दशन गरेपछि तत्कालिन मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राजीनामा दिएपछि रिक्त रहेको पदमा मार्टिनेज नियुक्त भएका हुन्।
४९ वर्षीया मार्टिनेजले कतार विश्वकपको समूह चरणबाटै बेल्जियम बाहिरिएपछि प्रशिक्षक पद छाडेका थिए।
पोर्चुगलको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि मार्टिनेजले भने, ‘मलाई धेरै खुसी लागेको छ की मैले विश्वको एक उत्कृष्ट टोलीमा जोडिन पाएको छु।’
आफू पोर्चुगलमा आउन पाउँदा उत्साहित रहेको सुनाउँदै मार्टिनेजले आफूले पहिलो पटक पोर्चुगिज फुटबल संघका अध्यक्षसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्।
उनले थपे, ‘मलाई थाहा छ, यहाँ धेरै ठूलो अपेक्षा र उदेश्यहरु छन्। तर त्यहाँ राम्रो समुह छ र म पनि उत्साहित छु की हामी सबैले सँगै मिलेर ति उदेश्यहरु मिलेर हासिल गर्न सक्छौं।’
पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डो गोम्सले यो राष्ट्रिय टोलीका लागि महत्वपूर्ण क्षण भएको बताएका छन्।
Shares
प्रतिक्रिया