ad ad

खेल


मेस्सी र नेयमार एकसाथ पिएसजीको टोलीमा फर्किए, एम्बाप्पे बिदामा

मेस्सी र नेयमार एकसाथ पिएसजीको टोलीमा फर्किए, एम्बाप्पे बिदामा

नेपालखबर
पुस २६, २०७९ मंगलबार २१:५१, काठमाडौँ

बुधबार हुने लिग–१ को खेलका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार लियोनल मेस्सी र नेयमार एकसाथ टोलीमा फर्किएका छन्।

यसअघिको खेल गुमाएका दुवै स्टारले विश्वकपपछि बुधबार राति लिग १ मा पहिलो पटक सँगै खेल्न लागेका हुन्। 

पीएसजीले घोषणा गरेको टोलीमा दुई स्टार एकसाथ फर्किएका हुन्। 

लिगको १८ औं चरणको खेलमा तालिकाको अन्तिममा रहेको एंग्रेससँग पीएसजीले बुधबार राति खेल्दैछ। जुन खेल मेस्सीको विश्वकपपछिको पहिलो खेल हुनेछ।  

विश्वकपको उपाधि जितेर गतसाता मात्रै पेरिस पुगेका मेस्सीले यसअघिको खेलमा प्रशिक्षण नपुगेको भन्दै टिममा सामेल थिएनन्।

नेयमार पनि चोटका कारण बाहिर थिए। विश्वकपपछि नेयमारले भने डिसेम्बर २९ मा स्ट्रासबर्गविरुद्ध खेलेका थिए। 

उनले त्यो खेलमा एक गोल पनि गरे। नेयमारले त्यो खेलमा रेडकार्ड पनि पाएका थिए। जनवरी २ मा मेस्सी र नेयमारबिनै मैदान उत्रिएको पीएसजीले भने सिजनकै पहिलो हार ब्यहारेको थियो। 

फ्रेन्च स्टार एम्बाप्पेसहित मैदान उत्रिएको पीएसजी दोस्रो स्थानको लेन्ससँग ३–१ ले पराजित हुँदा एम्बाप्पे गोलबिहिन बने।

त्यसपछि बिदामा रहेका एम्बाप्पे भने बुधबार राति हुने खेलमा उपलब्ध हुने छैनन्। यसअघि क्लबले विश्व विजेता मेस्सीलाई गार्डअफ अनर प्रदान गर्दा पनि एम्बाप्पे उपस्थित थिएनन्। 

विश्वकप पछि मेस्सी र एम्बाप्पेको बिचमा पनि केही चिसोपना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाधयमले जनाएका छन्। नेयमार र एम्बाप्पेको भने पहिल्यैदेखि सम्बन्ध राम्रो छैन। मेस्सी र नेयमार भने पहिल्यैबाट मिल्ने साथी हुन्। 

लिग १ मा ४४ अंकसहित पीएसजी शीर्षस्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .