ad ad

खेल


मेस्सी र इंग्ल्यान्डका यी ३ खेलाडी फिफा बेस्ट अवार्डको मनोनयनमा

मेस्सी र इंग्ल्यान्डका यी ३ खेलाडी फिफा बेस्ट अवार्डको मनोनयनमा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १०:२१, काठमाडौँ

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र इंग्ल्यान्डका तीन खेलाडी लेह विलियम्सन, बेथ मिड र केइरा वाल्स २०२२ फिफा बेस्ट अवार्डको मनोनयनमा परेका छन्। 

मनोनयमा बोरुसिया डर्टमुन्डका इंग्ल्यान्डका मिडफिल्डर जेडे बेलिङघम पनि पुरुषतर्फको छनोटमा परेका छन्। उनीसँगै रियल मड्रिडका लुका मोड्रिच र करिम बेन्जेमा पनि छन्। 

लिभरपुलका मोहम्मद सलाहसँगै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, केभिन डे ब्रुएना र जुलियन अल्भारेज पनि मनोनयनमा परेका छन्। 

उत्कृष्ट प्रशिक्षकमा सरिना विग्म्यान, एम्मा हेस र पेप गार्डियोला छन्। 

महिलातर्फ चेल्सीका साम केर र जेसी फ्लेमिङ गत वर्षको विजेता एलेक्सिया पुटेलास मनोनयनमा परेका छन्। 

उत्कृष्ट पुरुष प्रशिक्षकमा रियल मड्रिडका कार्लो एन्सेलोटी, फ्रान्सका डिडियर डेसच्याम्प्स र अर्जेन्टिनाका विश्वकप विजेता प्रशिक्षक लियोनल स्कालोनीसँगै मोरक्कोका वालिद रेग्रागुई मनोनयनमा छन्। 

लिभरपुलका एलिसन बेकर, म्यानचेस्टर सिटीका इडरसन र एस्टन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर अवार्डको मनोनयनमा परेका छन्। 

मनोनयनमा परेकालाई भोट गर्ने समय फेब्रुअरी ३ सम्म छ।

उत्कृष्ट महिला खेलाडी
एइटाना बोनमाटी (स्पेन/बार्सिलोना)
देबिन्हा (ब्राजिल/उत्तरी क्यारोलिना करेज)
जेसी फ्लेमिङ (क्यानाडा/चेल्सी)
अडा हेगरबर्ग (नर्वे/लियोन)
साम केर (अस्ट्रेलिया/चेल्सी)
बेथ मिड (इंग्ल्यान्ड/आर्सनल)
भिभियन मिडेमा (नेदरल्यान्ड्स/आर्सनल)
एलेक्स मोर्गन (यूएसए/ओर्लान्डो प्राइड/सान डिएगो वेभ)
लिना ओवेरड्रफ (जर्मनी/वल्फ्सवर्ग)
अलेक्जान्ड्रा पप (जर्मनी/वल्फ्सबर्ग)
एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना)
वेन्डी रेनार्ड (फ्रान्स/लियोन)
केइरा वाल्स (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी/बार्सिलोना)
लेह विलियमसन (इंग्ल्यान्ड/आर्सनल)

उत्कृष्ट पुरुष खेलाडी
जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी)
जुड बेलिङहम (इंग्ल्यान्ड/बोरुसिया डर्टमुन्ड)
करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)
केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी)
एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी)
अचरफ हाकिमी (स्पेन/पीएसजी)
रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/बायर्न म्युनिख/बार्सिलोना)
साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख)
केलियन एमबाप्पे (फ्रान्स/पीएसजी)
लियोनेल मेस्सी (अर्जेन्टिना/पीएसजी)
लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड)
नेयमार (ब्राजिल/पीएसजी)
मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)

उत्कृष्ट महिला प्रशिक्षक
सोनिया बोम्पास्टर (फ्रान्स/ओलम्पिक लियोन)
एम्मा हेस (इंग्ल्यान्ड/चेल्सी)
बेभ प्रिस्टम्यान (इंग्ल्यान्ड/क्यानडा)
पिया सुन्धगे (स्विडेन/ब्राजिल)
मार्टिना भोस–टेकलेनबर्ग (जर्मनी)
सरिना विग्म्यान (नेदरल्यान्ड्स/इंग्ल्यान्ड)

उत्कृष्ट पुरुष प्रशिक्षक
कार्लो एन्सेलोटी (इटाली/रियल म्याड्रिड)
डिडियर डेसच्याम्पस (फ्रान्स)
पेप गुआर्डीओला (स्पेन/म्यानचेस्टर सिटी)
वालिद रेग्रागुई (मोरक्को)
लियोनेल स्कालोनी (अर्जेन्टिना)

उत्कृष्ट महिला गोलकिपर
एन–क्याट्रिन बर्गर (जर्मनी/चेल्सी)
मेरी इपस (इंग्ल्यान्ड/म्यानचेस्टर युनाइटेड)
क्रिस्टियन एन्डलर (चिली/ओलम्पिक लियोन)
मेरले फ्रोहम्स (जर्मनी/फ्रान्कफुर्ट र वल्फ्सवर्ग)
एलिसा नेहर (अमेरिका/सिकागो रेड स्टार्स)
सान्ड्रा पानोस गार्सिया–भिल्लामिल (स्पेन/बार्सिलोना)

उत्कृष्ट पुरुष गोलकिपर
एलिसन बेकर (ब्राजिल/लिभरपुल)
यासिन बोनौ (मोरक्को/सेभिल्ला)
थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड)
एडरसन (ब्राजिल/म्यानचेस्टर सिटी)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टन भिल्ला)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .