ad ad

खेल


रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १०:४८, काठमाडौँ

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ। 

रोनाल्डोलाई अल नासारले किर्तिमानी मुल्यमा अनुबन्ध गरेसँगै अल नासारकै अर्को प्रतिद्वन्द्वी अल हिलाल मेस्सीलाई भित्राउने कसरतमा जुटेको छ। 

रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ। 

धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्। 

अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ। 

आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्। 

अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ। 

साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .