ad ad

खेल


नेपाली महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १७:५९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी फागुनमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक कार्यसमिति बैठकले महिला टोलीले फागुन १ देखि १३ गतेसम्म मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। 

भारतीय फुटबल महासंघले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावलाई स्वीकार्ने निर्णय भएको एन्फाले जनाएको छ।

नेपालले गत भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइलमा भारतलाई १–० गोल अन्तरले हराएको थियो। 

नेपालको जितमा पहिलो हाफको अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन्। 

महिला टोलीले साफ च्याम्पियनसिपपछी हुनै प्रतियोगिता खेल्न पाएका छैनन्। 

ए डिभिजन लिग फागुन १९ देखी र बी डिभिजन लिग चैत्र १५ गतेबाट गर्ने निर्णय गरेको छ। 

शहिद स्मारक ए डिभिजन लिग आयोजनाका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सदस्य रहने गरि लिग संचालन समिति गठन गरेको छ। 

ए डिभिजन लिगका लागि भिआइपीतर्फ ३ सय र साधारण प्यारापिटतफ १ सय रुपैयाँ टिकट दर तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .