त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिपटप हेल्प नेपालले सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि उचालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल आइतबार भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि जितेको हो।
उपाधिसँगै हेल्प नेपालले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पार्नेछ।
हेल्प नेपालले आर्मीलाई २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो।
आजै भएको तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेट २५–१५ ले गुमाएको एपीएफले त्यसपछिका तिन सेटमा लगातार जित निकालेको हो।
एपीएफले दोस्रो सेटमा पुलिसलाई २५–२० ले हराएको थियो। तेस्रो र चौथो सेटमा लगातार २५–२३ र २५–१८ ले हराउँदै एपीएफले तेस्रो स्थान सुरक्षित गरेको हो।
जितसँगै एपीएफले १ लाख रुपैयाँ पाउनेछ।
Shares
प्रतिक्रिया