ad ad

खेल


टोटनह्यामविरुद्ध आर्सनलको सहज जित, लिगमा ८ अंकको अग्रता

टोटनह्यामविरुद्ध आर्सनलको सहज जित, लिगमा ८ अंकको अग्रता

नेपालखबर
माघ २, २०७९ सोमबार १०:४२, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा आर्सनलले लय कायम राख्दा ८ अंकको अग्रता बनाएको छ। गएराति घरेलु टोली टोटनह्यामलाई आर्सनलले २–० ले हराएको हो। 

टोटनह्यामका गोल रक्षक ह्युगो लोरिसको गल्तीबाट १४औं मिनेटमा अग्रता बनाएको आर्सनलका लागि मार्टिन ओडेगार्डले ३६औं मिनेटमा जित सुनिश्चित गरे।

जारी सिजन आर्सनलको यो १५औं जित हो। ११८औं करणका खेल सकिँदा आर्सनल एक खेलमा मात्रै हारेको छ भने २ खेल बराबरी खेलेको छ। 

यो जितसँगै आर्सनलले लिगमा ८ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले समान खेलबाट ३७ अंक जोड्दा आर्सनलको ४७ अंक भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .