ad ad

खेल


रोनाल्डो र मेस्सी आमनेसामने

रोनाल्डो र मेस्सी आमनेसामने

नेपालखबर
माघ ४, २०७९ बुधबार १२:३६, काठमाडौँ

विश्व फुटबलका दुई हस्ती फेरि एक पटक आमनेसामने हुँदै छन्। 

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सी मैत्रीपुर्ण खेलमा भेट्न लागेका हुन्। 

बिहीबार साउदी अल स्टार ११ र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन भिड्दै छन्। पीएसजी र अल स्टारबीचको खेल भोलि बिहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ।  

खेल नेपाली समयअनुसार रातको पौने ११ बजे हुनेछ। 

रोनाल्डो र मेस्सी पछिल्लो पटक सन् २०२२ को डिसेम्बरमा भेट भएका थिए। 

कतार विश्वकपपछि रोनाल्डो साउदी अरबको अल नासार पुगेका छन्। उनले क्लबमा डेब्यु गर्न भने बाँकी छ। रोनाल्डोले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .