ad ad

खेल


अस्ट्रेलियन ओपनबाट बाहिरिए नाडाल, भन्छन्– म विक्षिप्त छु

अस्ट्रेलियन ओपनबाट बाहिरिए नाडाल, भन्छन्– म विक्षिप्त छु

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:२४, काठमाडौँ

अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएपछि राफेल नाडालले आफू विक्षिप्त बनेको बताएका छन्। 

उपाधि रक्षाको बाटोमा रहेका नाडाल बायाँ हिपको समस्यासँग जुधिरहेका छन्। 

घाइते राफेल नाडाल अमेरिकी म्याकेन्सी म्याकडोनाल्डसँग ६–४, ६–३ र ७–५ ले हारेका थिए।

३६ वर्षिय नाडालले आफूले यसअघि नै चोट बोके पनि अहिलेजस्तो दुखाइ नभएको बताएका छन्। 

दोस्रो चरणबाटै बाहिरिएपछि नाडालले भने, ‘मलाई आशा छ कि यो चोटले मलाई लामो समय कोर्टबाट बाहिर राख्ने छैन। मेलै मेरो करियरमा धेरैपटक यो प्रक्रिया पार गरे र म यसलाइ जारी राख्न चाहन्छु, तर मलाई लाग्छ- यो सजिलो छैन।’ 

खेलपछिको पत्रकार सम्मेलनमा २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले २०१६ को अस्ट्रेलियन ओपनपछि पहिलोपटक सबैभन्दा पहिला बाहिरिएपछि आफूलाई पुरानै लयमा फर्काउन नसक्ने बताए। 

उनले थपे, ‘म यो भन्न सक्दिनँ कि म मानसिक रुपमा विक्षिप्त भएको छैन, आशा छ - यो खराब समय लामो समय रहनेछैन।’ 

खेलमा नाडाल चोटका कारण एक सेट र एक ब्रेलले पछि परेपछि परेपछि दोस्रो सेटको अन्त्यमा मेडिकल टाइमआउट लिनुपरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .