राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा हुने राईट टु प्रोटिन रनमा एक विधा थप गरिएको छ।
एसोसिएसनले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ८ विधामा दौड हुनेछ। दौडमा एक विधा थप गरिएको छ।
प्रोटिन फर रनका लागि अहिलेसम्म ३६ सय ४ जनाले नाम दर्ता गराए पनि करिब ५ हजार जना दौडने एसोसिएसनका अध्यक्ष शितल काजी श्रेष्ठले जानकारी दिए।
अहिलेसम्म हाफ म्याराथन पुरुषमा २ सय ९३ र महिलातर्फ ४३ जनाले नाम दर्ता गराएका छन्।
१० किलो मिटर पुरुषतर्फ १६ सय ७५ र ५ किमि महिलातर्फ ४५७ जनाले नाम दर्ता गराएका छन्। ५ किमि स्कुल पुरुषतर्फ ४१५, ३ किमि महिलातर्फ ३६५ जनाले नाम दर्ता गराएका छन्। ह्विलचियर पुरुषतर्फ १८ र महिलातर्फ ३८ जनाले नाम टिपाएका छन्।
प्रतियोगितामा प्रतियोगितालाई सफल बनाउनका लागि ३ सय जना स्वंयसेवक परिचालन गरिनेछ।
दौड काठमाडौको दशरथ रंगशालामा शनिकार बिहान ७ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया