ad ad

खेल


बायर्नले भित्र्यायो स्विट्जरल्यान्डका गोलरक्षक सोमर

बायर्नले भित्र्यायो स्विट्जरल्यान्डका गोलरक्षक सोमर

नेपालखबर
माघ ६, २०७९ शुक्रबार ७:३५, काठमाडौँ

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले स्विटजरल्यान्डका गोलरक्षक यान सोमरलाई अनुबन्ध गरेको छ। 

बायर्नले आगामी २ वर्षका लागि सोमरलाई ९.५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो। 

३४ वर्षिय सोमरले स्वीटजरल्याण्डका लागि ८० खेल खेलेका छन्। 

बार्यनका मुख्य गोलरक्षक म्यानुएल नोएर चोटका कारण टोली बाहिर रहेपछि बार्यनले सोमरलाई अनुबन्ध गरेको हो। नोयरको गत डिसेम्बरमा स्की खेल्ने क्रममा खुट्टा भाँचिएको थियो। 

बार्यनमा अनुबन्ध भएपछि सोमरले भने, ‘म नयाँ चुनौतीमा लागि धेरै उत्साहित छु।’

उनले थपे, ‘हाम्रो अगाडि धेरै चुनौतीहरु छन् तर मैले नयाँ टिमका साथीहरुसँग कसरी नजिक रहेर काम गर्न र आउने सबै चुनौतीका लागि उत्सुक छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .