आगामी फागुन १९ गतेदेखि ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागु १९ गतेदेखि सुरु हुने लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र खुमलटार युथ क्लब भिड्ने जानकारी शुक्रबार दिएको छ।
दशरथ रंगशालामा हुने पहिलो खेल फागुन १९ गते साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ।
लिगको दोस्रो खेल चर्च ब्वाइज युनाइटेड नेपाल र विभागीय टोली नेपाल पुलिसबीच च्यासल ग्राउन्डमा हुने भएको छ।
ड्वेल राउन्ड रोबिनमा हुने लिगका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल फुटबल ग्राउन्डसहित तीन स्थानमा हुनेछ
यो सिजनको लिगमा जम्मा १८२ खेल हुनेछन्। एन्फाले पाँच राउन्डसम्मका खेलको तालिका पनि तय गरिसकेको जनाएको छ।
72
Shares
प्रतिक्रिया