त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र नेपाल एपीएफ क्लबकी फुलमती रानाले राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्करणको उपाधी जितेका छन्।
नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा शनिबार भएको ‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनमा दीपकले पुरुषतर्फ र फुलमतीले महिलातर्फ पहिलो भएका हुुन्। विजेता दुवैले १ लाख रुपैयाँ पाएका छन्।
एपीएफ क्लबकी फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पहिलो भएकी हुन्। फुलमतीले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी हुन्। राममायाले सो दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गरिन्।
निर्धारित दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो भईन्। आर्मीकै कल्पना खड्का चौथो, पुलिस क्लबकी अञ्जु खड्का पाँचौँ भए।
पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पारे। दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पार गरेका हुन्। राजन रोकायाले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए। १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै नरेन्द्र सिंह रावल तेस्रो भए।
बागलुङका तिर्थ पुन चौथो र आर्मीका शुशिल कुमार शाही पाचौं भए।
Shares
प्रतिक्रिया