राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर र महिला ५ किमि दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चश्व रहेको छ।
नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनमा शनिबार बिहान भएको पुरुष १० किमी दौडको शीर्ष ५ मा आर्मीका खेलाडी रहे।
१० किलोमिटरको दुरी ३० मिनेट ५६ः०१ सेकेन्डमा पार गर्दै आर्मीका मुकेश पाल पहिलो भए।
उनले आर्मीकै गजेन्द्र राईलाई पछि पारेका हुन्। राईले निर्धारित दुरी ३१ मिनेट ००.२९ सेकेन्डमा पार गरे। आर्मीकै सुबास कार्की तेस्रो, शिकास राई चौथोँ र कोहन देव जोशी पाचौं भए।
महिला ५ किलोमिटरमा दौड उपाधि आर्मीकी गिता विकले जितिन्। गिताले निर्धारित दुरी १ मिनेट ३८.५२ सेकेन्डमा पार गरिन्। आर्मीकै निर्मला केसीले २२ मिनेट ०८.२२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भईन्।
एपिएफकी सिमा चौधरी तेस्रो, नेपाल पुलिस क्लबकी ब्रिसन्दा कुमाल चौथो र एपिएफकी आशा रावत पाँचौ भए।
स्कुल ब्वाइज ५ किलोमिटर दौडमा सञ्जिव नेपाली पहिलो भए। श्याम मग्रातीे दोस्रो र हिमालराज गुरुङ तेस्रो भए।
स्कुल गल्स ३ किलोमिटर दौडमा कल्पना बुढा पहिलो, हिमाली शाही दोस्रो र दिपशिखा शाही तेस्रो भए।
ह्विल चियर दौड पुरुषमा प्रेमबहादुर विक पहिलो, रामकाजी मिजार दोस्रो र सोमनाथ राई तेस्रो भए। ह्विचियर दौड महिलामा रजनी राई पहिलो, यामी झांक्री मगर दोस्रो र जेनिसा कठायत तेस्रो भएका छन्।
Shares
प्रतिक्रिया