ad ad

खेल


हारपछि एभर्टनका प्रशिक्षक लाम्पार्डले भने– बर्खास्तीको कुनै डर छैन

हारपछि एभर्टनका प्रशिक्षक लाम्पार्डले भने– बर्खास्तीको कुनै डर छैन

नेपालखबर
माघ ८, २०७९ आइतबार ८:३६, काठमाडौँ

एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफूलाई बर्खास्तीको कुनै डर नभएको बताएका छन्।

प्रिमियर लिगमा शनिबार राति वेस्ट ह्यामसँग हारेपछि एभर्टनका प्रशिक्षक लाम्पार्डले आफूलाई बर्खास्त हुने डर नभएको बताएका हुन्।

लाम्पार्डले प्रिमियर लिगमा खराब लयमा रहने प्रशिक्षकमा गनिएका छन्। लिगका ३८ खेलमा ९ मा जित, ८ मा बराबरी र २१ खेलमा हार बेहोरहेका छन्। 

प्रिमियर लिगमा एभर्टन १९औँ स्थानमा रेलिगेसनबाट बच्न संर्घष गरिरहेको छ। 

खराब लयमा रहेको एभर्टनले ३ खेलमा जित, ६ खेलमा बराबरीको नतिजा निकाल्दा ११ खेलमा हार भोगेको छ। 

खराब लयमा रहेको एर्भटनले काराबाओ कप र एफए कप दुवैको तेस्रो चरणबाट बाहिरिएको थियो। 

१४ महिनामा टोलीको खेल हेर्न लन्डन स्टेडियम पुगेका टोलीका मालिक फरहाद मोसिरिले लाम्पार्डको बर्खास्तीका विषयमा सोधिएको प्रश्नमा आफूले यसबारेमा टिप्पणी नगर्ने भन्दै यो आफ्नो निर्णय नभएको सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .