ad ad

खेल


अल नासारमा रोनाल्डोको डेब्यु

अल नासारमा रोनाल्डोको डेब्यु

नेपालखबर
माघ ९, २०७९ सोमबार ८:२१, काठमाडौँ

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग खेल्दै नयाँ क्लब अल नासारमा डेब्यु गरेका छन्। 

आइतबार राति साउदी प्रो लिगमा इटिफाकलाई १–० ले पराजित गरेको खेलमा रोनाल्डोले डेब्यु गरेका हुन्। ३७ वर्षिय रोनाल्डो गत महिना अल नासार पुगेका थिए। रोनाल्डो आगामी २०२५ सम्म साउदी रहनेछन्। जहाँ उनको कमाइ वार्षिक १७७ मिलियन भन्दा बढी हुनेछ। 

अल नासारको नेतृत्व गरेका रोनाल्डोले पुरै समय मैदानमा बिताएका थिए। अल नासारको जितमा ब्राजिलियन मिडफिल्डर तालिस्काले निर्णायक गोल गरे। 

अल नासार लिगको शीर्ष स्थानमा छ। अल हिलाल दोस्रो स्थानमा रहेको छ। 

म्यानचेष्टर युनाइटेड युभेन्टस र रियल मड्रिडमा खेलिसकेका रोनाल्डोलाई रियादको किङ साउद युनिभर्सिटी स्टेडियममा समर्थकहरुले ब्यानर र हुटिङ गर्दै स्वागत गरेका थिए। 

यसअघि बिहिबार रियाद अल स्टार इलेभेनले पेरिस सेन्ट जर्मेनसँग ५–४ गोल अन्तरले पराजित भएको थियो। जुन खेलमा रोनाल्डोले दुई गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .