ad ad

खेल


एपीएफका स्वर्ण पदक विजेता १६ खेलाडीको बढुवा

एपीएफका स्वर्ण पदक विजेता १६ खेलाडीको बढुवा

नेपालखबर
माघ ९, २०७९ सोमबार १४:३०, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता १६ जना खेलाडीलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले बढुवा गरेको छ। 

२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा एपीएफले विभिन्न खेलका १६ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको हो। 

एपीएफको इतिहासमा पहिलो पटक पदक विजेता खेलाडीलाई विशेष बढुवा गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

बढुवा हुनेमा सबैभन्दा धेरै फुटबल खेलाडी छन्। फुटबलका अनिता बस्नेत, एञ्जिला तुम्बापो सुब्बा, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, सावित्रा भण्डारी, नविन लामा, तोप बहादुर विष्ट बढुवा भएका छन्। 

यस्तै, भलिबलका नेविका चौधरी, उषा कुमारी विष्ट, रेश्मा भण्डारी, सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, जुडोकी देवीका खड्का, ट्रायथलनकी सोनी गुरुङ तथा एथलेटिक्सका शिवराज पार्की र मंगल प्रसाद थारु सहायक हवल्दारमा बढुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .