फरवार्ड ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध साँघुरो जित हासिल गरेको छ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले फुलहमलाई १–० गोल अन्तरले हराएको हो। पहिलो आफको इन्ज्युरी समयमा केनले गरेको गोल नै टोलीका लागि निर्णायक बन्यो। केनले ह्युङ मिन सनको पासमा गोल गरेका थिए।
केनले क्लबका लागि २६६ गोल गर्दै टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ता जिमी ग्रिभ्सको कीर्तिमान बराबर गरे। टोटेनहमका लागि ३ सय प्रिमियर लिग खेलमा केनको १९९औँ गोल हो। सन् २०११ मा टोटेनहमसँग जोडिएका केनले क्लबका लागि ४ सय १५ खेलमा २ सय ६६ गोल गरेका छन्।
टोनटहमले यसअघि आर्सनल र म्यानचेस्टर सिटीसँग लगातार दुई हार बेहोरेको थियो।
जितसँगै टोटनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानमा यथावत् छ। टोटेनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी ३ अंकले छोट्याएको छ।
Shares
प्रतिक्रिया