राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेल मिलेमतोमा संलग्नता पुष्टि भए दोषीमाथि ३ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था गरेको छ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने व्यवस्था छ। यसमा नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसाग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले तयस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसाग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी तयस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न नहुने उल्लेख गरिएको छ।
त्यस्तै दफा ३२ को (ग)मा कसुरसम्बन्धी व्यवस्था छ। यसअनुसार खेलमा मिलेमतो तथा अनियमितता गरेमा यस ऐन अन्तर्गत कसुर मानिने उल्लेख छ।
दफा ३३ मा सजायसम्बन्धी व्यवस्था छ, जसअनुसार ३ वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख छ।
यसबाहेक कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदारसरह सजाय हुने कानुनी व्यवस्था छ।
Shares
प्रतिक्रिया