ad ad

खेल


‘केपी ओली कप’लाई एन्फाको अनुमति, मोफसलमा अन्य १० प्रतियोगिता पनि हुने

‘केपी ओली कप’लाई एन्फाको अनुमति, मोफसलमा अन्य १० प्रतियोगिता पनि हुने

फाइल।


नेपालखबर
माघ ११, २०७९ बुधबार १३:४, काठमाडौँ

केपी ओली कपसँगै विभिन्न ११ वटा मोफसलका प्रतियोगिता आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समय दिएको छ। 

एन्फाले लिगका लागि एकै समयमा ८ प्रतियोगिताको मिति समेत दिएको छ। एन्फाले उपलब्ध गराएको मिति अनुसार राजर्षि जनक गोल्डकप सर्लाही र मेयर कप फुटबल प्रतियोगिता महोत्तरी माघ २६ देखि फागुन ६ गतेसम्म एकै समयमा हुनेछन्। 

मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ९ गतेसम्म हुनेछ। भद्रपुर गोल्डकप झापा र तिलोत्तमा गोल्डकप रुपन्देहीलाई फागुन ७ देखि १६ गतेसम्मका लागि प्रतियोगिता गर्न स्वीकृति दिएको छ।

काठमाडौमा हुने केपी ओली कप फागुन ११ देखि १७ गतेसम्म हुनेछ। बुढासुब्बा गोल्डकप प्रतियोगिता सुनसरीमा फागुन १३ देखि २० गतेसम्म हुनेछ। 

माइभ्याली गोल्डकप इलाम र इटहरी गोल्डकप सुनसरीमा चैत ४ गतेदेखि ११ गतेसम्म हुनेछ। 

मोरङमा हुने विराट गोल्डकप र बारामा हुने सिमरा गोल्डकप चैत्र ९ देखि १८ गतेसम्म एकै मितिमा आयोजान हुनेछ।

मोफसलका लागि एन्फाले दिएको समय अनुसार एउटै मितिमा ८ प्रतियोगिता हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .