ad ad

खेल


एशियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा सुष्माले जितिन् रजत

एशियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा सुष्माले जितिन् रजत

नेपालखबर
माघ ११, २०७९ बुधबार १४:२६, काठमाडौँ

एशियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्मा तामाङले ऐतिहासिक रजत पदक जितेकी छिन्। 

थाइल्याण्डको बैंककमा बुधबार भएको फाइनलमा ४८ केजी तौल समूहमा सुष्माले रजत पदक जितेकी हुन्। 

सुष्माले उज्वेकिस्तानकी फोजिलोभ फर्जोनसँग अंकको आधारमा ५-० ले पराजित हुँदै रजत पदक जितेकी हुन्। 

बक्सिङको इतिहासमा सुष्माले नेपाललाई पहिलो रजत पदक दिलाएकी हुन्।

सुष्माले सेमिफाइनलमा मंगोलियाकी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा स्टप कन्टेस्टको आधारमा पराजित गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .