क्रिकेट एशोसिएन नेपाल (क्यान) ले त्रिदेशीय सिरिजका लागि राखिने खेलाडीहरूको सूची शुक्रबार सार्वजनिक गरेको छ।
क्यानले शुक्रबार २८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गर्दा बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर दुई साताअघि रिहा भएका सन्दीप लामिछाने परेनन्।
नाबालिग बलात्कारको आरोपपछि उच्च अदलत पाटनको आशेदमा जेलमुक्त भएका पूर्वकप्तान लामिछानेलाई क्यानले नबोलाएको हो। तर उनी यसअघि क्यानको प्रशिक्षणस्थलतमा पुगेर अभ्यास गरेका थिए।
सन्दीपको बलात्कार प्रकरणमा उनको बचाउमा उत्रिएका अर्का क्रिकेटर देव खनाल पनि यो सूचीमा परेका छैनन्।
नेपाल, नामिबिया र स्कटल्यान्डबीच आगामी फागुन २ गतेदेखि ९ गतेसम्म घरेलु मैदान कीर्तिपुरमा त्रिदेशीय सिरिज हुँदैछ
क्यानले नेपाल टी२० लिगमा स्पट फिक्सिङको आरोपसहित प्रहरी हिरासतमा रहेका मोहम्मद आदिल आलमलाई पनि टोलीमा राखेको छैन।
प्रतिक्रिया