रियल सोसिडाडसँग बराबरीमा रोकिएसँगै स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल मड्रिडलाई धक्का लागेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल, रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो।
ब्राजिलका विगंर भिनिसियस जुनियरले रियलका लागि राम्रा तीन अवसर पाएपनि सोसिडाडका गोलरक्षक एलेक्स रोमियोले विफल पारेका थिए।
बराबरीसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनासँग ५ अंकले पछि परेको छ। बार्सिलोनाले शनिबार राति जिरोनलाई पराजित गरेको थियो। १८ खेलबाट रियलको ४२ अंक छ।
समान खेलबाट ४७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको सोसिडाडको ३९ अंक छ। एक खेल बढी खेलेको सोसिडाड सोसिडाडसँग रियल मात्र ३ अंकले अघि छ।
गएराति नै भएको खेलमा एथलेटिको मड्रिडले सेल्टाभिगोलाई १–० ले पराजित गरेको छ। साउल निग्वेजको निर्णायक गोल गरेपछि एथलेटिको अंक तालिकाको चौथो स्थानमा यथावत छ।
गएराति कै खेलमा सेल्टा भिगोले एथलेटिको विल्वाओलाई तथा रियल भल्लाडोलिडले भ्यालेन्सियालाई १–० गोल अन्तरले पाखा लगाएको छ।
Shares
प्रतिक्रिया