पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासार पुगेको एक महिना पनि पुग्न पाएको छैन। तर उनको आलोचना सुरु भइसकेको छ।
अल नासार पुगेपछि दुई खेल खेल्न नपाएका रोनाल्डोले क्लब्मा डेब्यु गरिसकेका छन्। साउदी पुगेपछिको साउदी अरेबिया सुपर कपमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको आलोचना सुरु भएको हो।
खेलका दौरान रोनाल्डोले पाएको अवसरको सदुपयोग गर्न नसक्दा टोलीले हार व्यहोरेको भन्दै यसअघि पनि उनको आलोचना भएको थियो।
रोनाल्डोको लागि साउदीमा पुगेपछि पहिलो उपाधि उचाल्ने सुन्दर मौका थियो तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन्। टोलीका अन्य खेलाडीले पनि आफूले पाएको अवसर सदुपयोग गर्नुभन्दा रोनाल्डोलाई नै पास दिँदा पनि गोल निस्किन नसकेको भन्दै अन्य खेलाडीको पनि आलोचना भएको थियो।
@dalu_cajamarca 🤣🤣🤣Estan enojadisimos😅 , siquiera agardezcan , que ya les sale el siuuuu….!!!#alnassar #alnassarfc #realmadridfc #arabiasaudita🇸🇦 #siuuuuu #cr7goat🐐 #cr7jr #ligaarabe🇸🇦 #cristianoronaldosfans1 #bichosiuuuuuuuu🐐🇵🇹 @نادي النصر السعودي #cristianoronaldoedit #humor #fyp #fyppppppppppppppppppppppp #shiu #comandante #teamocr7 #💀💀 #🐐🇵🇹 ♬ Love You So - The King Khan & BBQ Show
अल नासारको हारपछि समर्थकहरुले रोनाल्डोको जर्सीमा स्टम्पिङ गरेको भिडियो अहिले भाइरल भइरहेको छ।
अल नासारको हारपछि टोलीका निर्देशक समेत निराश देखिएका थिए।
‘मैले २ सय मिलियन युरो खर्च गरेको छु तर उसलाई स्यु... कसरी गर्ने भन्ने मात्र थाहा छ। यो सम्भव छैन।
अल नासारका प्रशिक्षक रुडी गार्सियाले पनि रोनाल्डोले आफ्नो टोलीका लागि सुपर कपको उपाधि जित्ने महत्त्वपूर्ण मौका गुमाएको बताए।
Shares
प्रतिक्रिया