पोखरामा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को बैठकले असन्त्ष्ट ५ सदस्यलाई सहकार्यमा आउन नेतृत्वले आग्रह गरेको छ।
पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै क्यान फेरि एकपटक निलम्बनमा जाने खतरामा रहेको भन्दै विगतका कमी कमजोरीलाई सच्याई एक ढिक्का भएर अगाडि बढ्नका लागि सहकार्यमा आउन आग्रह गरेको छ।
मंगलबार पोखरामा बैठक सुरु भएपछि निर्वाचित १५ सदस्यमध्ये पाँच निर्वाचित सदस्यले नेपाल टी २० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्य सम्पादन समितिका सदस्यको राजीनामा माग्दै बैठक बहिस्कार गरेका थिए।
पोखरामा भएको केन्द्रीय कार्यसमितिको बैठकले १३ बुँदे निर्णय गरेको छ।
नेपाल टी २० लिगका सम्बन्धमा एभरेष्ट प्रिमियर लिग सञ्चालक आमिर अख्तर लगायतले क्यान र क्यान अध्यक्ष चतुर बहादुर चन्दको नाममा सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सम्बन्धमा छलफल गर्न र मुद्दा फिर्ता लिन अख्तर र इपिएल लगायतका सबैलाई आग्रह गर्ने निर्णय गरेको छ।
यस्तै, क्यानको विशेष साधारण सभा २०८० जेठ मसान्तभित्र आयोगना गरि जिल्ला, प्रदेश र केन्द्रिय कार्य समितिको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।
नेपाल टी २० लिग सम्पन्न भइसकेको हुँदा गर्भनिङ काउन्सिललाई विगठन गर्ने र सेभेन थ्री स्पोर्टस्सँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था भएकाले आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेश गर्ने निर्णय गरेको छ।
साथै, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङमा संलग्न खेलाडी र व्यक्तीको आरोप पुष्टि पश्चात आईसीसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अगाडि बढाउने निर्णय गरेको छ।
नेपाल टी २० लिगमा आदिल अन्सारी र महबुब आलमले स्पट फिक्सिङ गरेको सीआइबीको दाबी छ।
क्यानले प्रहरी नायब महानिरीक्षक इशवरबाबु कार्कीको संयोजकत्वमा संघका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरेर ३ सदस्यीय क्यान इन्टिङगीती कमिटि गठन गर्ने निर्णय समेत गरेको छ।
बैठकले बागलुङ र पर्वत जिलला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गर्दै अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।
यस्तै, पोखरा बैठकले नेपाली यू–१९ क्रिकेट टोलीको कप्तानी गुल्सन झालाई दिएको छ।
Shares
प्रतिक्रिया