ad ad

खेल


ईएफएल कप : उपाधिका लागि म्यानचेस्टर र न्यु क्यासल भिड्ने

ईएफएल कप : उपाधिका लागि म्यानचेस्टर र न्यु क्यासल भिड्ने

नेपालखबर
माघ १९, २०७९ बिहिबार ७:१४, काठमाडौँ

ईएफएल कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड भिड्ने भएका छन्। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २–० ले हराउँदै म्यानचेस्टरले न्यु क्यासलसँग भेट पक्का गरेको हो। 

पहिलो लेगमा नटिङघमलाई ३–० ले हराएको युनाइटेडले समग्रमा ५–० को जित हासिल गर्‍यो। 

सिटीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। 

खेलको ७३औँ मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि नै फ्रेडले दोस्रो गोल थपे। 

यसअघि मंगलबार राति भएको खेलमा साउथ हेम्प्टनलाई हराउँदै न्यु क्यासल युनाइटेड २४ वर्षपछि लिग कपको फाइनलमा पुगेको छ। 

सेमिफाइनलको दोस्रो लेगमा साउथ हेम्प्टनलाई २–१ गोल अन्तरले हराउँदै न्यु क्यासल २४ वर्षपछि कपको फाइनलमा पुगेको हो।

न्युक्यासलले समग्रमा ३–१ गोलको नतिजा निकालेको हो। न्यु क्यासलले सेमिफाइनलको पहिलो लेगमा साउथ हेम्प्टनलाई १–० ले हराएको थियो। फाइनल खेल यही फेब्रुअरी २६ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .