ad ad

खेल


डेब्यु खेलमै क्यान्सेलेको प्रभाव, बायर्न म्युनिख जर्मन कपको क्वार्टरफाइनलमा

डेब्यु खेलमै क्यान्सेलेको प्रभाव, बायर्न म्युनिख जर्मन कपको क्वार्टरफाइनलमा

नेपालखबर
माघ १९, २०७९ बिहिबार ८:१८, काठमाडौँ

म्यानचेस्टर सिटीबाट लोनमा बायर्न पुगेका जोआओ क्यान्सेलेले डेब्यु खेलमै आफ्नो प्रभाव देखाएका छन्। 

बुधबार राति भएको खेलमा मेन्जलाई ४–० गोल अन्तरले पाखा लगाउँदै बायर्न म्युनिख जर्मन कपको क्वार्टरफाइनलमा पुगेको छ।

मंगलबार मात्रै सिटीबाट लोनमा बायर्न पुगेका फुलब्याक जोआओले खेलको १७औँ मिनेटमा दिएको पासमा चौपो मोटिङले गोल गरे। ३०औँ मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। लेरोय सानेले ४४औँ मिनेटमा गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए। 

खेलको ८३ औँ मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाएका हुन्। 

खेलको ८५औँ मिनेटा मेन्ज १० खेलाडीमा समेटिएको थियो। मेन्जका अलेक्ज्यान्डर ह्याक रातो कार्ड खाँदै मैदान छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .