ad ad

खेल


सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइयो, त्रिदेशीय सिरिज खेल्न सक्ने

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइयो, त्रिदेशीय सिरिज खेल्न सक्ने

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १८:१, काठमाडौँ

एकजना नाबालिग जबरजस्ती करणीका अभियोगमा ९९ दिन केन्द्रीय कारागारमा बसेर रिहा भएका क्रिकेटर सन्दीप लामिछाने बिहीबारदेखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्। 

गत पुस २९ मा ९९ दिन लामो कारागार बसाइपछि छुटेका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको हो। 

पाटन उच्च अदालतको आदेशमा जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी राखेर रिहा भएपछि उनी क्रिकेटमा फर्किन चाहन्थे।

उनको यो चहानालाई सम्बोधन गर्दै क्यानले माघ १७ मा पोखरामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा निलम्बन फुकुवा गरेको थियो। 

यद्यपि उच्च अदालतको आदेश प्रचलित कानुनविपरीत भएको भन्दै सन्दीपलाई थुनामै राख्न मागसहित महान्यायाधिवक्ताको कार्यालयले बुधबार सर्वोच्चमा निवेदन दिएको छ।

यसअघि सन्दीपलाई क्यानले त्रिदेशीय सिरिजको लागि प्रारम्भीक टोलीमा राखेको थिएन। 

यससँगै सन्दीपले आगामी फागुन २ गते कीर्तपुर मैदानमा हुने विश्व क्रिकेट लिग टुअन्तर्गत नामिबिया र स्कटल्याण्डविरुद्धको त्रिदेशीय सिरिज खेल्न सक्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .