ad ad

खेल


राफेल भरानेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

राफेल भरानेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

नेपालखबर
माघ २०, २०७९ शुक्रबार ७:४३, काठमाडौँ

फ्रेन्च तथा म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्। 

२९ वर्षिय भरानेले सन् २०१८ को विश्वकप उचालेका थिए।सन् २०१३ मा  सिनियर टोलीमा डेब्यु गरेका उनले ९३ खेलमा ५ गोल गरेका छन्।

भरानेले पछिल्लो पटक २०२२ मा भएको कतार विश्वकप खेलेका थिए। जुन खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको थियो। 

सन्न्यासपछि भरानेले भने, यो एक दशक देशको प्रतिनिधित्व गर्न पाउनु मेरो जिवनकाृ सबैभन्दा ठुलो सम्मान हो। हरेक पटक मैले निलो जर्सी लगाएको छु, यसमा मैले धेरै गर्व गरे। 

आफुले धेरै महिनादेखि यो सोचिरहेको र अन्तर्राष्ट्रिय रुपमा सन्न्यास लिने यो सही समय भएकाले आफुले यो निर्णय गरेको बताएका छन्। 

२०२१ को अगष्टमा रियल मड्रिडबाट युनाइटेड पुगेका भराने विश्वकपपछि सन्न्यास लिने पछिल्लो ब्लुस खेलाडी हुन्। यसअघि गत जनवरीमा टोटनह्यामका गोकिपर तथा कप्तान ह्युगो लोरिसले सन्न्यास लिएका थिए। 

भरानेले लोरिसबाट फ्रान्सेली टोलीको कप्तानी गर्ने अपेक्षा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .