ad ad

खेल


रोकिएन फुटबलर पलायन, विशाल राई पनि अस्ट्रेलिया गए

रोकिएन फुटबलर पलायन, विशाल राई पनि अस्ट्रेलिया गए

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १२:४३, काठमाडौँ

पछिल्लो समय एकपछि अर्का चर्चित फुटबल खेलाडीहरु देशबाट पलायन भइरहेका छन्।

खेलबाट सुरक्षित भविष्य नदेखेपछि देशका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका स्टार प्लेयरहरु सुरक्षित भविष्य खोज्न पलायन हुने क्रममा जारी छ।

नेपाली फुटबलका लागि यस्तै नमिठो खबर शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईले दिएका छन्। 

उनी देशभित्र सम्भावना नदेखेपछि सुरक्षित भविष्यका लागि अस्ट्रेलियातिर लागेका छन्। विशाल राष्ट्रिय टोलीका एकजना भरपर्दा सदस्य थिए। तर उनलाई राज्यले खेलेर नै सुरक्षित भविष्यको ग्यारेन्टी दिन नसक्दा देश छाडेका छन्। 

विशा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका मिडफिल्डर हुन्। तर फागुन १९ गते हुने नयाँ सिजनको लिग खेल्ने योजना त्याग्दै उनी भविष्य सुरक्षित बनाउन अस्ट्रेलिया उडेका छन्। 

विशाललाई बिदाइ गर्न मच्छिन्द्रका प्रशिक्षक अनिल श्रेष्ठ त्रिभुवन विमानस्थलमै पुगेका थिए। उनले विशालको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्। 

'फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहने छ', विशाललाई बिदाइ गर्दै गर्दाको फोटो फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्, 'विशाल भाइलाई उज्ज्वल भविष्यको कामना! तिम्रो अस्ट्रेलियाको बसाइ सुखद एवम् फलदायक रहोस्।'

विशालसहितको प्रयासमा मच्छिन्द्रले लगातार दुई पटक लिग उचालेको छ। उनीले यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट खेल्दा पनि ए डिभिजन लिग जितिसकेका छन्। 

राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर उनले देशका लागि २८ खेल खेलेका छन्। उनको नाममा राष्ट्रिय टोलीबाट तीन गोल छ। 

देशमा नियमित फुटबल प्रतियोगिता नहुँदाको मार खेलाडीहरुमा परेको छ। अखिल नेपाल फुटबल क्लबको अक्षमता पनि खेलाडी पलायनको कारण बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .