बंगलादेशमा सुरु साफ यू–२० महिला च्याम्पियसिपमा भारतले शानदार सुरुवात गरेको छ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा उद्घाटन खेलमा बलियो टोली भारतले भुटानलाई १२–० गोल अन्तरले पाखा लगाएको हो।
भारतको जितमा नेहा, अनिता कुमारी र लिन्डा कोम सर्टोले ह्याट्रिक गरे। अपुर्णा नर्जरीले दुई तथा नितु लिन्डाले एक गोल गरिन्।
खेलको पहिलो हाफमा ४ गोल गरेको भारतले बाँकी गोल दोस्रो हाफमा थप्यो।
एकपक्षीय खेलमा भारतका अघि भुटानका खेलाडीहरु निरिह देखिएका थिए।
आजै हुने दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्नेछ। सोही रंगशालामा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
नेपाल प्रिति राईको कप्तानीको मैदानमा उत्रनेछ।
36
Shares
प्रतिक्रिया