ad ad

खेल


सलिनालाई स्पेशल अवार्ड

सलिनालाई स्पेशल अवार्ड

नेपालखबर
माघ २१, २०७९ शनिबार १४:२६, काठमाडौँ

राष्ट्रिय महिला भलिबल टोली तथा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबकी लिवेरो सलिना श्रेष्ठ शेर बहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन्। 

शनिबारबाट सुरु भएको छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले शलिनालाई स्पेशल अवार्डबाट सम्मानित गरेको हो।

सम्मनित भएसँगै सलिनाले ५० हजार रुपैयाँ प्राप्त गरिन्।

सलिनालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, केएनपी नेरोलेक पेन्ट्सका कन्ट्री हेड मनोज कुमार मिश्र, शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सम्मान गरे। 

सलिना नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँगै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको पहिलो रोजाईकी लिवेरो हुन्।

सलिनाले २०१९ मा बंगलादेशमा भएको पहिलो एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताबाट महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।

नेपालले दुई पटक सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा होस् वा सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जित्दा टोलीकी सदस्य थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .