ad ad

खेल


टुलुजलाई हराउँदै पीएसजीले बढायो मार्सेलीसँग अंक दूरी

टुलुजलाई हराउँदै पीएसजीले बढायो मार्सेलीसँग अंक दूरी

नेपालखबर
माघ २२, २०७९ आइतबार ७:१९, काठमाडौँ

फ्रेन्च लिग १ मा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टुलुजलाई हराउँदै मार्सेलीसँग अंक दूरी बढाएको छ। 

शनिबार राति भएको खेलमा पीएसजीले टुलुजलाई २–१ गोल अन्तरले हराएको हो। जितसँगै पीएसजीले २२ खेलबाट ५४ अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलेको ४६ अंक छ। 

टुलुजले खेलमा सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। 

खेलको २०औँ मिनेटमा भान डेन वुमेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ३८औँ मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलमा पीएसजीले दोस्रो हाफमा १ गोाल थप्यो। 

खेलको ५८औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए। 

शनिबार राति नै भएको अर्को खेलमा लियोनले ट्रोयसलाई तथा लिलिले रेनासलाई समान ३–१ गोल अन्तरले हरायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .