ad ad

खेल


वुल्फ्सबर्गलाई हराउँदै बायर्न शीर्ष स्थानमा फर्कियो

वुल्फ्सबर्गलाई हराउँदै बायर्न शीर्ष स्थानमा फर्कियो

नेपालखबर
माघ २३, २०७९ सोमबार ८:४५, काठमाडौँ

वुल्फ्सबर्गविरुद्ध सहज जित हासिल गर्दै बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा फर्किएको छ। 

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित बायर्नले वुल्फ्सबर्गलाई ४–२ गोल अन्तरले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको हो। 

बायर्नले युनियन बर्लिनलाई १ अंकले पछि पार्दै तालिकाको शीर्ष स्थानमा पुगेको हो। बायर्नले १९ खेलबाट ४० अंक बनाएको छ। समान खेलबाट युनियनको ३९ अंक छ। पराजित वुल्फ्सबर्ग सातौँ स्थानमा छ। 

बायर्नको जितमा किंग्स कोमानले दुई तथा थोमस मुलर र जमल मुसैलाले एक एक गोल गरे। वुल्फ्सबर्गका लागि जाकुब कामिन्स्की र मेटियस स्याभवर्गले गोल फर्काए। 

कोमानले खेलको १४ मिनेटमा नै दुई गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। खेलको नवौँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका कोमाले १४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

१९औँ मिनेटमा मुलरले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा जाकुब कामिन्स्कीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। 

खेलको ५४औँ मिनेटमा बायर्न १० खेलाडीमा सीमित भएको थियो। बायर्नका जोशुआ किमिच रातो कार्ड खाँदै मैदान छाडेका थिए। 

तर खेलको ७३औँ मिनेटमा जमल मुसैलाले गोल गर्दै बायर्नलाई ४–१ को अग्रता दिलाए। 

खेलको ८०औँ मिनेटमा वुल्फ्सबर्गका मेटियस स्याभवर्गले गोल गर्दै गोलअन्तर कम गरे पनि टोलीको हार टार्न सकेनन्। 

आइतबार राति नै भएको अर्को खेलमा वेडेर ब्रेमेनले स्टटगार्टलाई २–० गोल अन्तरले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .