ad ad

खेल


छैठौँ केएनपी नेरोल्याक राष्ट्रिय भलिबलमा नेपाल पुलिस क्लब तेस्रो

छैठौँ केएनपी नेरोल्याक राष्ट्रिय भलिबलमा नेपाल पुलिस क्लब तेस्रो

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १४:१, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब छैटौँ केएनपी नेरोल्याक राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको तेस्रो स्थानको खेलमा पुलिस क्लबले आर्मीलाई सोझो सेटमा पाखा लगाएको हो। 

पुलिस क्लबले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो। तेस्रो भएसँगै पुलिस क्लबले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। 

प्रतियोगिताको उपाधि भिडन्तका लागि आजै नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् एकेडेमी भिड्नेछन्। उपाधि भिडन्त दुई बजे हुनेछ। 

एपीएफ प्रतियोगिताको अहिलेसम्मको सबै संस्करणको उपाधि विजेता हो। डायमण्ड भने पहिलो पटक फाइनल पुगेको हो 

प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .