नेपाल टी २० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पनि पक्राउ गरेको हो।
उनलाई केही दिन अघि वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले बताए।
‘स्पट फिक्सिङमा संलग्न ४ नेपाली मध्ये ३ जना पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। एक जना भने अझै फरार छन्। ६ जना भारतीय संलग्न देखिएका छन्’, सुवेदीले भने।
ब्युरोले यसअघि पूर्वखेलाडी मेहबुब आलम र हालका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ।
- स्पट फिक्सिङ प्रकरण : क्यानमा बढ्यो विवाद, चतुरबहादुरसहित पाँचजनाको राजीनामा मागियो
- स्पट फिक्सिङमा गल्ती स्वीकार्दै चतुरबहादुरले भने : सच्चिने मौका पाऊँ
- नेपाल टी२० लिग : स्पट फिक्सिङ प्रकरणबाट पन्छिन सक्दैन क्यान
- क्यानकै साझेदारको डिजाइनमा गरियो ‘स्पट फिक्सिङ’
- ५ खेलाडीलाई आएको थियो स्पट फिक्सिङको अफर, अस्वीकार गर्दा ३ जना जोगिए
- सीआईबीले भन्यो– स्पट फिक्सिङमा १० जनाको संलग्नता, २ पक्राउ
- स्पट फिक्सिङ प्रकरण : क्रिकेटर मेहबुब आलम र अदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै
- नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष
165
Shares
प्रतिक्रिया