मार्कस रासफोर्ड र जाडोन सान्चोले गोल फर्काएपछि इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग रोमाञ्चक बराबरी गर्दै अंक खोसेको छ।
बुधबार राति घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टरले खेलमा उत्कृष्ट पुनरामगन गर्दै लिड्ससँग बराबरी गरेको हो।
खेलको पहिलो मिनेटमै विल्फ्रेड गोन्टोले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४८औँ मिनेटमा रााफेल भरानेले आत्मघाती गोल गरेपछि युुनाइटेड २–० ले पछि परेको थियो।
तर खेलको ६२औँ मिनेटमा रासफोर्डले गोल गदै खेललाई २–१ को स्थितिमा ल्याए। त्यसको ८ मिनेट पछि खेलको ७०औँ मिनेटमा सान्चोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोली अंक बाड्न बाध्य भए। बराबरीसँगै लिड्स १९ अंकमा १६औँ स्थानमा छ।
Shares
प्रतिक्रिया