ad ad

खेल


उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

नेपालखबर
माघ २६, २०७९ बिहिबार १२:१२, काठमाडौँ

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज बिहिबार नेपाल र घरेलु टोली बंगलादेश भिड्दै छन्। 

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। 

नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा साविक विजेता भारतलाई ३–१ ले हराउँदै समूह उपविजेताका रुपमा फाइनलमा पुगेको हो। 

नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–१ ले हारेको थियो। नेपाल फाइनल खेलमा बंगलादेशलाई हराउँदै समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ। नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो। 

च्याम्पियनसिपमा नेपालकी अमिसा कार्की ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। च्याम्पियनसिपमा ४ गोल गर्ने अमिसा एक्ली खेलाडी हुन्। 

घरेलु टोली बंगलादेश भने समूह विजेता बन्दै अपराजित रहेर नेपालसँगको भेट पक्का गरेको हो। बंगलादेशले २ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। 

नेपाललाई समूह चरणमा हराएको नेपाललाई हराएको बंगलादेश आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ। राउन्ड रोविनको दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको बंगलादेशले अन्तिम खेलमा भुटानलाई भने ५–० ले पाखा लगाएको थियो। 

साविक विजेता भारत भने तेस्रो स्थानमा रहँदै उपाधि होडबाट बाहिरिएको हो। भारतले एक खेलमा जित, एक खेलका हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। भुटान भने सबै खेलमा हार्दै अंकविहीन रुपमा च्याम्पिनयसिपबाट बाहिरिएको हो। 

नेपाल सन् २०१८ को उपविजेता टोली हो। बंगलादेश भने सन् २०१८ र २०२१ च्याम्पियन टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .