क्रिकेटर सन्दीप लामिछानेलाई समेट्दै नामिबिया स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले बिहिबार आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोली घोषणा गरेको हो।
नाबालिक बलात्कार गरेको आरोप लागेपछि सन्दीप गत भदौदेखि टोली बाहिर थिए। सन्दीप माथि बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। तर क्यानले गत असोजमा लगाएको निलम्बन माघ १७ गते फुकुवा गरेको थियो।
निलम्बन फुकुवापछि सन्दीप माघ २० गतदेखि टोलीसँग प्रशिक्षणमा व्यस्त छन्।
त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली आज बिहिबार नै नेपाल आइसकेको छ। नामिबियाको टोली केही दिनमा नेपाल आउनेछ।
सिरिजन आगामी फेब्रुअरी १४ देखि २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपालको टोलीः
कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ वैकल्पिक खेलाडीः आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद।
Shares
प्रतिक्रिया