नेपाल एपीएफ क्लबकी मनिषा चौधरी र नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ ललितपुरमा सम्पन्न दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
शनिबार ललितुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा सम्पन्न प्रतियोगितामा मनिषा र विप्लव उत्कृष्ट खेलाडी बनेका हुन्।
एपीएफ क्लबकी मनिषा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। मनिषाले ५५ केजी तौल सुमहमा लुम्बिनी प्रदेशकी वर्षा बुढा मगरलाई ७–५ ले हराउँदै स्वर्ण पदक जितेकी थिइन्।
पुरुषतर्फ नेपाल पुलिस क्लबका विप्लव लाल श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। विप्लवले पुरुष ८४ केजी माथिको तौल सुमहमा एपीएफका तेन्जिङ शेर्पालाई हराउँदै स्वर्ण पदक जितेका थिए।
उनीहरू दुवैले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा नेपाल पुलिस क्लबले १० स्वर्ण पदक जितेको छ। एपीएफले ६ तथा आर्मीले एउटा स्वर्ण पदक हात पारेका छन्। प्रतियोगितामा सहभागी सात प्रदेशले स्वर्ण पदक जित्न सकेनन्।
Shares
प्रतिक्रिया