ad ad

खेल


राष्ट्रिय कराँते प्रतियोगिताः पुलिस क्लब टिम च्याम्पियन

राष्ट्रिय कराँते प्रतियोगिताः पुलिस क्लब टिम च्याम्पियन

नेपालखबर
माघ २८, २०७९ शनिबार १८:४१, काठमाडौँ

नेपाल पुलिस क्लब दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। 

ललितपुरको सातदोबाटोस्थित कराँते एकेडेमीमा तिन दिन सम्म चलेको प्रतियोगितामा कुल १५ पदक जित्दै पुलिस क्लब टिम च्याम्पियन बनेको हो। 

प्रतियोगितामा पुलिस क्लबले १० स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ। 

टिम च्याम्पियन बनेको पुलिस क्लबले उपाधिसँगै १ लाख रुपैयाँ प्राप्त गरेको छ। पुलिस क्लब गत वर्षपनि टिम च्याम्पियन बनेको थियो। 

६ स्वर्ण पदक, ३ रजत र ५ कास्य पदक जित्दै नेपाल एपीएफ क्लब दोस्रो भयो। उपविजेता एपीएफ क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। 

१ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेको त्रिभुवन आर्मी क्लब तेस्रो भयो। 

बागमती प्रदेशले २ रजत पदक र ५ कास्य पदक तथा गण्डकी प्रदेशले २ रजत र २ कँस्य पदक जितेको छ। लुम्बिनी प्रदेश १ रजत र ३ कास्य पदक जित्न सफल भयो। सुदुरपश्चिम प्रदेशले १ रजत र १ कास्य पदक हात पर्यो। कर्णाली प्रदेशले १ रजत पदक मात्र जितेको छ। 

प्रदेश १ ले ६ तथा मधेश प्रदेशले २ कास्य पदक जितेका छन्। 

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराँते प्रतियोगितामा १० टोलीको सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .